• (01) 9864478218
  • office@consolemission.org
  • Lalitpur district, Nepal

हाम्राे पढ्ने ठाउँ

🏫 हाम्रो पढ्ने ठाउँ – सामुदायिक अध्ययन केन्द्र

परिचय:
“हाम्रो पढ्ने ठाउँ” दिलासा अभियानको पहल हो, जसले ललितपुर जिल्लाबाट सुरु गरी नेपालभर विस्तार गर्ने लक्ष्य राखेको छ। यो केन्द्र विद्यार्थीहरूलाई सुरक्षित, सहयोगी र प्रेरणादायी अध्ययन वातावरण प्रदान गर्छ।

मुख्य उद्देश्यहरू:

  • विद्यालय तहदेखि नै विद्यार्थीलाई भविष्य देख्ने दृष्टिकोण दिनु।
  • करियर परामर्श र मार्गदर्शनमार्फत विद्यार्थीलाई आफ्नो क्षमता अनुसार दिशा देखाउनु।
  • विद्यालय सकिएपछि थप अध्ययनका लागि छात्रवृत्ति खोज्न, आवेदन गर्न र अवसर पाउन सहयोग गर्नु।
  • विद्यालय छोड्ने वा जोखिममा रहेका बालबालिकालाई पुनः अध्ययनमा फर्काउने।
  • पाेषणयुक्त खाना बारेमा जानकारी, शिक्षा र बालबालिकाहरूले मासिक वा कसरी पाेषण खाना उपलब्ध ।
  • स्थानीयले नै स्थानकाे विकास गर्न सक्छ भन्ने बारेमा चेतना ।
  • अभिभावकलाई parenting तालिम, जीवन कौशल, र विभिन्न सीप विकास प्रशिक्षण दिने।

सुविधाहरू:

  • 📚 पुस्तकालय जस्तै अध्ययन सामग्री: विद्यार्थीहरूले पुस्तकहरू पढ्न र अध्ययन गर्न सक्ने सुविधा।
  • 💻 कम्प्युटर प्रयोग गर्ने अवसर: उपलब्ध कोठा र सहयोगी व्यक्तिहरूको आधारमा कम्प्युटर प्रयोग गर्न सक्ने व्यवस्था।
  • 👩‍👩‍👧‍👦 अभिभावक तालिम: Parenting, जीवन कौशल, र सीप विकास प्रशिक्षण।
  • 🧑‍🏫 करियर कन्सल्टेन्सी: भविष्य योजना र करियर मार्गदर्शन।
  • 🎓 छात्रवृत्ति सहयोग: विद्यालय सकिएपछि थप अध्ययनका लागि छात्रवृत्ति खोज्न र आवेदन गर्न सहयोग।

स्थान:

  • हाल: ललितपुर जिल्ला
  • योजना: नेपालका अन्य जिल्लामा विस्तार गर्दै व्यापक पहुँच सुनिश्चित गर्ने

सम्पर्क:
📧 dilasha.org@outlook.com

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *